अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

आठौँ राष्ट्रिय प्रतियोगितामा आर्मीको बर्चस्व

बिआरटीनेपाल २०७६ वैशाख ६ गते ९:२१ मा प्रकाशित

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश नं ५ लगायत देशका विभिन्न स्थानमा जारी खेल पदक तालिकामा विभागिय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ । आर्मीले हालसम्म ३४ स्वर्ण, २७ रजत र २४ कास्य पदकसहित कुल ८५ पदक हात पारेको छ । यस्तै, नेपाल पुलिस क्लबले १९ स्वर्ण, १७ रजत र १७ कास्य पदकसहित कुल ५३ पदक जितेको छ ।

सशस्त्र प्रहरीको एपिएफ क्लबले १५ स्वर्ण, १२ रजत र २३ कास्यसहित कुल ५० पदक जितेर तेस्रो स्थानमा रहेको छ । प्रदेश ३ ले ७ स्वर्ण, १३ रजत र ३२ कास्य पदक गरी ५२ पदक हात पारेको छ । सुदूरपश्चिम प्रदेशले ६ स्वर्ण, ६ रजत र ११ कास्यसहित २२ पदक जित्दा प्रदेश २ ले ६ स्वर्ण, ६ रजत र ५ कास्यसहित १७ पदक हात पारेको छ । प्रदेश ५ ले ४ स्वर्ण, ८ रजत र २१ कास्यसहित ३३ पदक जितेको छ भने, प्रदेश १ ले ३ स्वर्ण, ५ रजत र २५ कास्यसहित ३३ र कर्णाली प्रदेशले २ स्वर्ण, १ रजत र २ कास्यसहित ५ पदक जितेको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन हुँदासम्म कुल ३५ खेलमध्ये १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ । हालसम्म १०३ स्वर्णसहित कुल ३८४ स्वर्ण पदकको टुंगो लागिसकेको छ । चैत २७ बाट नै सुरु भएको आठौँ राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्याराग्लाइडिङ खेल समावेश गरिएको छ भने, एनआरएनए टिम पनि पहिलो पटक सहभागी भएको छ ।

प्रतियोगितामा दुई हजार ८ सय २५ पुरुष तथा दुई हजार तीन सय ८६ महिला गरि जम्मा ५ हजार २ सय ११ खेलाडी सहभागी हुँदैछन् । ३७२ स्वर्ण, त्यति नै रजत र ५६३ कास्यका लागि खेल हुनेछ ।

प्रतिक्रिया