अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

आईसीसी यु– १९ विश्वकप छनौट– ओमानबिरुद्ध नेपालको फराकिलो जित

बिआरटीनेपाल २०७६ वैशाख ३ गते ९:३७ मा प्रकाशित

मलेसियामा जारी आईसीसी १९ वर्ष मुनिको एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई फराकिलो रन अन्तरले पराजित गरेको छ । आज भएको चौंथो खेलमा नेपालले ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

शिलानगोर ट्रफ क्लबको मैदानमा नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको ओमान ४४ ओभर १ बलमा अलआउट हुँदै ७९ रनमै समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

ओमानलाई पराजित गरेसँगै नेपालले विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ । दोस्रो स्थानको नेपालले ४ खेलबाट ६ अङ्क जोडेको छ । अब नेपालले अन्तिम खेलमा बिहिबार कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया