अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

ओलम्पिक छनोट अन्र्तगत दोस्रो चरणको अन्तिम खेलमा नेपालको सान्त्वना जित

बिआरटीनेपाल २०७५ चैत २६ गते ९:५७ मा प्रकाशित

ओलम्पिक छनोट अन्र्तगत दोस्रो चरणको अन्तिम खेलमा नेपालले इन्डोनेसियाविरुद्ध सान्त्वना जित निकालेको छ । पहिलो पटक आमनेसामने भएको नेपालले इन्डोनेसियाविरुद्ध २–१ को जित हात पारेको हो ।

म्यानमारस्थित बाष्टो रंगशालामा पहिलो हाफ १–१ को बराबरी गरेको नेपालले दोस्रो हाफ सकिन केही मिनेट बाँकी रहँदा दोस्रो गोल गरेको हो । नेपाल यसअघि भारत र घरेलु टोली म्यानमारसँग समान ३–१ को गोलअन्तरले पराजित भएको थियो ।

पहिलो सहभागितामा दोस्रो चरणको यात्रा तय गरेको नेपाल ओलम्पिक छनोटको दोस्रो चरणबाहेक अघि बढ्न सकेन् । समुह ए बाट घरेलु टोली म्यानमार भारतलाई पराजित गर्दै तेस्रो चरणका लागि छनोट भएको छ ।

प्रतिक्रिया