अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३३ | Colorodo: 21:48

स्थगित भएको मातृभूमि कप चैत ३० गते हुने

बिआरटीनेपाल २०७५ चैत २४ गते १०:०७ मा प्रकाशित

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमि कप’ चैत ३० गतेलाई सरेको छ । चैत २३ गते शनिवार हुने भनिएको खेल खराब मौसमका कारण स्थगित भएको थियो । 

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एक सूचना सार्वजनिक गर्दै खेल चैत ३० गते हुने जानकारी दिएका हुन् । नयाँ वर्षको अवसर पारेर आयोजना हुने उक्त प्रतियोगिताको तयारी भइरहेको छ । मङ्गलवारदेखि पुन कलाकारहरूको अभ्यास खेल हुने धुर्मुसले जानकारी दिएका छन् ।

प्रतियोगिताको मिति हेरफेर भए पनि खरिद गरिएको पहिलेकै टिकटले खेल हेर्न सकिनेछ । फाउण्डेशनले चैत ३० गतेका लागि फेरी टिकट खरिद गर्न सकिने बताएको छ भने ई सेवा मार्फत टिकट खरिद गर्न सकिनेछ । 

 

प्रतिक्रिया