अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

फिफा बरियामा नेपाल पुरानै स्थानमा कायम, बेल्जियम शिर्ष स्थानमा

बिआरटीनेपाल २०७५ चैत २१ गते ९:४६ मा प्रकाशित

फिफा वरियतामा नेपाल पुरानै स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालको यसअघिको आफ्नो स्थानमा कायमै छ । नयाँ वरियता अनुसार यथावत रहेको नेपाल १ सय ६१ औं स्थानमा रहेको छ ।

अघिल्लो महिना पनि नेपाल १ सय ६१ औं स्थानमा नै रहेको थियो । नेपालले हालै कुवेतसँग २ मैत्रीपुर्ण खेल खेलेको थियो । जसको एक खेलमा नेपालले हार र एक खेलमा बराबरी गरेको थियो ।
दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ औं र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेका छन् । नेपाल भन्दा तल रहेको भुटान १ सय ८६ औं, बंगलादेश १ सय ८८ औं, पाकिस्तान २ सय र श्रीलंका २ सय २ स्थानमा रहेका छन् ।

विश्व वरियतामा क्रमशः बेल्जियम शीर्ष, फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया