अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 21:30

नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

बिआरटीनेपाल २०७५ चैत ६ गते ९:३५ मा प्रकाशित

नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाईनलमा प्रवेश गरेको छ । श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । श्रीलंकाले कडा डिफेन्सको नमुना प्रस्तुत गर्दा नेपालले अग्रताका लागि ४२ आँै मिनेटसम्म पर्खन परेको थियो ।

खेलमा पुजन जर्घामगरले गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभएको हो । सावित्रा भण्डारीको हेड बलमा पुनमले वान टचमा गोल गर्दै नेपाललाई अग्रता दिलाउन सफल हुनुभयो । ७३ औ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर पार्नुभएको थियो । ८३ औ मिनेटमा सवित्रा भण्डारीले गोल गर्नुभयो । नेपालले फाईनलमा भारतको सामना गर्ने भएको छ ।

नेपालले अब उपाधिका लागि शुक्रबार भारतसित खेल्नेछ । बुधबारै भएको दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई ४–० ले नै पराजित गर्दै फाइनलमा ठाउँ बनाएको हो । समूह चरणमा भारतले माल्दिभ्सलाई ६–० ले र श्रीलंकालाई ५–० ले हराएको थियो । नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हुन लागेको हो । तीनैपटक भारतले नेपाललाई हराएको छ । गत संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

जारी भिडन्तमा नेपालले तीन खेलमा १० तथा भारतले १५ गोल गरेको छ । दुवै टिमले गोल खाएका छैनन् । गत महिना भारतमा भएको हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई २–१ ले हराएकाले फाइनल भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया