अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२८ | Colorodo: 20:43

पोखरामा फुटबल रंगशाला शिलान्यास, खेल क्षेत्रबाट विकासमा सहयोग पुग्छ – खेलकुद मन्त्री विश्वकर्मा

बिआरटीनेपाल २०७५ फागुन २६ गते ९:३३ मा प्रकाशित

पोखरा फुटबल रंगशालाको शिलान्यास गरिएको छ । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्रि जगतबहादुर सुनार विश्वकर्माले आइतबार एक समारोहका बिच फुटवल रंगशालाको शिलान्यस गर्नुभएको हो । मन्त्री विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद (साग)का केही इभेन्ट पोखरामा सञ्चालन गरिने हुँदा सोका लागि समेत मध्यनजर गर्दै २०७६ असार मसान्तसम्म रंगशाला निर्माण भइसक्ने गरी काम शुरु भएको बताउनुभयो ।

उहाँले ०७६ असार मसान्तसम्ममा काम सम्पन्न गर्ने गरि दुई जोइन्ट भेन्चर कम्पनीलाई निर्माणका लागि जिम्मेबारी दिइएको उल्लेख गर्नुभयो । मन्त्रि विश्वकर्माले पोखरा रंगशालामा महत्वपूर्ण पूर्वाधार बिकासको शुरुवात भएको बताउँदै काम सम्पन्न गर्न ठूलो इच्छाशक्ति आवश्यकता पर्नेमा जोड दिनुभयो ।  उहाँले समयमा काम सम्पन्न गर्न पोखरेली खेल प्रेमीहरुले निर्माण कम्पनीलाई वातावरण बनाइदिन आग्रह गर्नुमयो । मन्त्री विश्वकर्माले निर्माण कम्पनीलाई तिव्र गतिमा काम गरी लक्षित समयमा नै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।

पोखराको खेलकुद क्षेत्रबाट मुलकको समृद्धी हासिल गर्ने क्षमता राख्ने बताउँदै मन्त्रि विश्वकर्माले यस क्षेत्रमा प्राकृतिक रुपले पनि मनोरम रहेको उल्लेख गर्नुभयो । शिलान्यास कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद राजिब पहारीले पोखरालाई अन्तर्राष्ट्रिय स्तरका खेलकुद पर्यटनको राजधानी बनाउनुपर्ने बताउनुभयो । अन्तर्रा्ष्ट्रिय विमानस्थल छिट्टै निर्माण सम्पन्न हुने भएकाले पोखरालाई अन्तर्रा्ष्ट्रिय खेलकूदको केन्द्रका रुपमा बिकास गरिनुपर्ने पहारीको भनाई थियो ।  कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशबकुमार विष्टले पोखरालाई खेलकूद र पर्यटनको शहरका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले पोखरा रंगशालामा सबै खालका खेलका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा खेलकूद परिषद्बाट सहयोग हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा निर्माण कम्पनीका अनुप आचार्यले पोखरा रंगशालाको फुटबल प्याराफिटमा नेपालमानै पहिलो पटक फ्रान्समा निर्मित उच्च प्रविधियूक्त सामाग्रीको प्रयोग हुने जानकारी दिनुभयो । निर्धारित समयमा गुणस्तरीय र नमुना रंगशाला निर्माण सम्पन्न गर्ने आचार्यले प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालयले निर्माण गर्न थालेको पोखराको फुटबल स्टेडियम २०७६ असार मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । कुल १ अर्ब २८ करोड लागतमा निर्माण हुने रंगशालाको दर्शक क्षमता १८ हजार ५ सयको हुनेछ जहाँ एथलेटिक्सका लागि ८ लेन सिन्थेटिक रहनेछ । भारतको ग्रेट स्पोर्टस इन्फ्रा प्राली र काठमाण्डौको एमए कन्सट्रक्सन प्रालीले जोइन्ट भेन्चरमा रंगशाला निर्माण गर्न लागेका हुन । २०७६ सालको मंसिरमा नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुदमा महिला फुटबल पोखरा रंगशालामा गर्ने तयारी हुँदैछ ।

प्रतिक्रिया