अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

डीपिएल क्रिकेटमा धनगढीको लगातार हार

बिआरटीनेपाल २०७५ फागुन १ गते ८:२० मा प्रकाशित

साबिकको विजेता धनगढी स्टार्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा लगातार तेस्रो हार व्यहोरेको छ । बुधबार भएको खेलमा विराटनगर किंग्ससंग २१ रनले पराजित हुँदै धनगढीले तेस्रो हार व्यहोरको हो । फाप्ला क्रिकेट मैदानमा करण केसीको कप्तानीमा रहेको विराटनगरले दिएको १ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सोमपाल कामीको धनगढी १९ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो ।

यो हारसंगै धनगढीको प्ले अफ सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा काठमाडौं र दोस्रोमा अत्तरियासंग पराजित धनगढी पुछारमा रहेको छ । अब धनगढीलाई प्ले अफमा स्थान बनाउन बाँकी २ खेल जित्नैपर्ने बाध्यता रहेको छ । यस्तै अन्य खेलको नतिजामा समेत भर पर्नु पर्ने भएको छ । विराटनगरको भने यो पहिलो जित हो । जितसंगै विराटनगरले २ खेलबाट २ अंक जोडेको छ । विराटनगर चौथो स्थानमा छ । विराटनगर पहिलो खेलमा रुपन्देहीसंग ५ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया