अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२० | Colorodo: 15:35

डिपिएल क्रिकेट–रुपन्देही च्यालेन्जर्स र सीवाइसी अत्तरिया विजयी

बिआरटीनेपाल २०७५ माघ २९ गते ८:४० मा प्रकाशित

धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई ५ विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । जवाफमा रुपन्देहीले १३ ओभर १ बलमै ५ विकेटको क्षतिमा सहज जित हासिल गरेको हो ।

त्यस्तै प्रतियोगिता अन्तर्गत आजै सम्पन्न अर्को खेलमा सीवाइसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको सीवाइसी अत्तरियाले ५ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । जवाफमा धनगढीले ९ विकेट गुमाइ ९० रनमात्रै बनाई पराजित भएको थियो । धनगढी हिजो काठमाडौं गोल्डेन्ससँग ४ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया