अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०५ | Colorodo: 01:20

सावधान ! चिनी अल्कोहल जस्तै हानिकारक हो

राजकुमार परियार २०७५ माघ २३ गते १३:०५ मा प्रकाशित

धेरै पहिले देखिनै हामीले खाँदै आइरहेका खानाहरू नै वास्तवमा स्वस्थकर थिए । किनकि त्यो प्राकृतिक थियो, हुन त त्यति बेला मानिसहरूलाई स्वास्थ्य विज्ञानको प्रभाव थाहा नभए पनि जीवनयापन भने निकै सरल र प्राकृतिक थियो । तर अहिलेको पछिल्लो समयमा आएर हामीले सोच्नै पर्ने बेला आएको छ । खाद्यान्न उत्पादन देखि ओसार पोसार र खान बनाउने तरिका अनि हाम्रो पेट सम्म ग्रहण गर्दा सम्मको अवस्थालाई हामीले ध्यान दिनु अत्यन्तै आवश्यक छ,जुन जिब्रोको स्वादसँग मात्रै तुलना गरिनु हुँदैन साथ-साथै त्यसको पोषण, यथार्थ बारे बहस अत्यन्त जरुरी छ ।

धेरै जसो मानिसहरूलाई लाग्ने रोगको कारण नै आहार व्यवहार हो । इन्फेक्सनले मात्र होइन पोषणको कारणले धेरै जसो मृत्यु हुने कुरामा संसारका धेरै खाद्यान्न विज्ञहरू, डाक्टरहरू सहमत छन् । एक जना अमेरिकी nutritional researcher डाक्टर. Joel furman भन्छन् ९० प्रतिशत रोगको समाधान नै प्राकृतिक आहार हो । हाम्रै घर वरपर उब्जिएका खाद्यान्नहरू नै क्यान्सर, मधुमेह जस्ता रोगका समाधान हुन् । उनले आफ्नो एउटा पुस्तकमा(G-BOMBS) Greens,beans,mushroom,berries,and seeds उल्लेख गरेका छन् । जुन खानको उपभोगले मानिसको जीवनलाई स्वस्थ र दीर्घायु बनाउँछ ।

अर्का एक जना अमेरिकी पोषण विज्ञ डाक्टर Mark hyman भन्छन् हामीले विशेष ध्यान दिनुपर्ने कुरा नै चिनी हो, जुन अल्कोहल जस्तै घातक हो, हामी मोटोपनलाई बोसो वा तेल जन्य खानासँग मात्रै तुलना गर्छौ तर चिनी मिश्रित खाना प्रमुख हो । बोसो त बरु राम्रो र नराम्रो दुवै प्रकारको हुन्छ । अनि राम्रो बोसो शरीरलाई आवश्यक पनि हुन्छ । धेरै रोगको कारण नै चिनी हो जसको आहारलाई कम होइन खादै खानु हुन्न । American pediatric endocrinologist professor Dr.Robert Lusting भन्छन् ‘sugar:the bitter truth ‘,’sugar:elephant in the kitchen’येस्तै येस्तै धेरै धेरै उदाहरण छन् । त्यसैले आजैबाट चिनीको उपभोगलाई कम गर्दै लानु आजको आवश्यकता हो । स्मरण रहोस् चिनी भन्नाले फलफुल अनि अरू प्राकृतिक खाद्यान्नबाट पाइने चिनी वा गुलियो भन्न खोजेको होइन, मात्र उखुबाट प्रसोधित बजारमा पाइने चिनीको कुरा गरेको हो । नेपालमा सामान्य जीवन शैलीमा खाइने दाल, भात, साग, अचार नै अति उत्तम हो । हाम्रै देशमा कृत्रिम तत्त्व मिश्रण बिनाको उत्पादित खाद्यान्न विभिन्न परिकार बनाएर खाने हो भने स्वदिस्टता त छँदै छ, स्वस्थ जीवन शैलीको पनि परिकल्पमा गर्न सकिन्छ ।

हाम्रै नेपालका एक जना अनुसन्धानकर्ता डा. जीवन प्रसाईँ भन्नु हुन्छ, हामी अस्वस्थ र असन्तुष्टि हुनुमा खानाको मात्रै नभई हाम्रो खानपिन शैली र बानी महत्त्वपूर्ण हुन्छ,जुन हाम्रो खानपिन लत पनि हो। आफ्नो शरीर अनुकूल आफूलाई कति खाना ग्रहण गर्न सकिन्छ तेती मात्र खान उनले सुझाव दिएका छन् ,नत्र त्यो आफ्नै शारीरलाइ अझ महँगो पर्न सक्छ । त्यसै गरी उनले कहिलेकाहीँ उपबास बस्नु वैज्ञानिक आधारले पनि शरीरको लागि राम्रो हो भनेका छन् ।

वास्तवमा हाम्रै देशमा ओर्ज्ञानिक खाध्ह्यान्न र जडीबुटी यति धेरै छन् सायद हामीले चिन्न सकेका छैनौ त्यसको महत्त्व । एक जना प्रोफेसर डा. Tel Oren भन्छन् नेपालमा पाइने बिरे नुन संसारमा अन्त कतै पाइँदैन, जुन नुनमा सल्फर भन्ने खनिज प्रशस्त पाइन्छ । पाकिस्तान र अरू देशका हिमालमा भन्दा नेपालको हिमालमा पाइने नुन विशेष शुद्ध छ । त्यसैले उनले एउटा फण्ड स्थापना गरेका छन् नेपालका बालबालिकाहरूका लागि जसबाट नेपालको बिरे नुनलाई संसारका अरू देशमा निर्यात गरी त्यसबाट आउने मुनाफालाई नेपालका गरिब बालबालिकाहरूको निउनतम आवश्यकताका लागि खर्च गरिने बताएका छन् ।

बालबालिकाको प्रसङ्ग आइरहँदा, बस्ताबमा नेपालमा बालबालिकाहरूको खानपिनमा हामीले धेरै ध्यान दिनु आवश्यक छ, र उनीहरूलाई खानपिनबारे सही मार्ग निर्देश र सूचना प्रवाह गर्नु हाम्रो कर्तव्य पनि हो । एक जना बेलायती सेलिब्रेटी चेफ. Jammie Oliver ले अहिले संसारको बालबालिकाहरूको खानपिन शैली र उनीहरूको भविष्यमा आइपर्न सक्ने स्वास्थ्य जोखिमलाई उद्धृत गर्दै बालबालिकाले पोषण युक्त खान पाउनु उनीहरूको अधिकार हो भनेका छन् । त्यसैले उनले फुड रेवोलुशन भन्ने नाराका साथ विभिन्न स्कुल अनि अस्पतालमा गएर खाना सम्बन्धी जनचेतना दिलाउने काम गरेका छन् र विशेष बालबालिकाको लागि त झन् चिनी मिश्रित खाद्यान्न एकदमै हानिकारक भएको बताएका छन् ।

====================================
समग्रमा मैले यी सबै उदाहरणहरू प्रस्तुत गर्नुको एउटै निचोड भनेको ‘स्वास्थ्य खाना स्वास्थ्य जीवन’ हो । कुरा महँगो विदेशबाट आयात खानाको होइन कुरा हाम्रै वरपर उत्पादित सामान्य भन्दा सामान्य ताजा खाद्यान्न नै हो, जसमा भरपुर पोषण हुन्छ । अनि यी सब चिजमा सजग भएर खान सकियो भने सुन्दर भविष्यको परिकल्पना पनि गर्न सकिन्छ । लेखको बारेमा प्रतिक्रिया दिन नबिर्सिनु होला ।

लेखक १ दशक देखि दुबईको ५ तारे होटेल हरूमा काम गर्दै आइरहेको छ र हाल (BANYAN TREE RESORT,RAS ALKHAIMA) मा काम गर्दैछ ।
====================================

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू