अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 12:29

वुमेन्स टि–२०- नेपाल १२ वर्षपछि फाइनलमा पुग्न सफल

बिआरटीनेपाल २०७५ माघ ४ गते ४:४५ मा प्रकाशित

नेपाल थाइल्याण्डमा जारी वुमेन्स टि–२० स्म्यासको फाइनलमा प्रवेश गरेको छ । इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । नेपाल १२ वर्षपछि पहिलो पटक सिनीयर महिला क्रिकेट टोली फाइनलमामा प्रवेश गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा समेटिएको थियो ।

इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वा्धिक १३ रन बनाउनुबाहेक अरू खेलाडीले ५ रनको स्कोर कटाउन सकेनन् । नेपालले ५ रन अतिरिक्त दिएको थियो । ४ जना इन्डोनेसियन खेलाडी शून्य रनमा आउट भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । यसअघि नेपाली महिला टिमले यू–१९ स्तरमा तीन पटक उपाधि जित्दै ह्रयाट्रिक गरे पनि सिनियर स्तरमा सेमिफाइनलमा भन्दा अगाडि जान सकेको थिएन ।

प्रतिक्रिया