अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 01:08

सहिद स्मारक ए डिभिजन लिग उपाधी मनाङ मस्र्याङ्दी क्लबलाई

बिआरटीनेपाल २०७५ पुष १२ गते ८:५३ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि मनाङ मसर््याङ्दी क्लबले जितेको छ । आज भएको खेलमा निकटतम प्रतिस्पर्धी संकटा क्लबलाई ३–१ गोलले हराएको मनाङले दुई खेल खेल्न बाँकी रहदै उपाधि जित्ने निश्चित गरेको हो । मनाङले प्रतियोगिताका सबै खेलमा जित हात पारेको छ । उसले ११ खेलबाट ३३ अंक जोडेको छ ।

दोस्रो स्थानमा रहेको संकटा क्लबको ११ खेलबाट केवल २५ अंक छ। प्रतियोगितामा १४ टोली सहभागी छन् भने हरेक टोलीले १३ खेल खेल्छन् । मनाङ आठौँ पटक शहिद स्मारक ए डिभिजन लिग विजेता बनेको हो। यो प्रतियोगिता सर्वाधिक जित्ने टोलीको सुचीमा मनाङ शीर्षस्थानमा छ ।

दोस्रो स्थानमा रहेको रानी पोखरी टिम–आरसिटीले ६ पटक उपाधि जितेको छ।शहिद स्मारक ए डिभिजन लिगमा अन्तिमपटक पनि मनाङ नै विजेता बनेको थियो । त्यसयता शहिद स्मारक लिग पहिलोपटक आयोजना भएको हो । मनाङले आठौं पटक ए डिभिजन लिगको उपाधि उचाल्न सफल भएको हो । यसअघि मनाङले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा भएको लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया