अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

बडिबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता ‘मिस्टर ओलम्पिया’ को छनोट नेपालमा पनि हुने

बिआरटीनेपाल २०७५ मंसिर २१ गते ८:५२ मा प्रकाशित

नेपाली बडिबिल्डिङको इतिहासमा सर्वाधिक विदेशी खेलाडी समावेश गराएर अन्तर्राष्ट्रिय बडिबिल्डिङ प्रतियोगिता आयोजना हुने भएको छ । शारीरिक सुगठनका बादशाह तथा अमेरिकाको क्यालिफोर्निया राज्यका पूर्व गर्भनर आर्नोल्ड स्वेजनेगर आवद्ध ‘आइएफबिबि–प्रोफेसन लिग’ ले विश्वभरी आयोजना गर्ने ‘प्रो क्वालिफायर’ पहिलो पल्ट नेपालमा आयोजना हुन लागेको हो ।
काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ‘आइएफबिबि– लिग नेपाल’ का अध्यक्ष सानु गुरुङले आउँदो फागुन ३– ४ गते ‘आइएफबिबि– प्रोफेसनल लिग नेपाल, बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ ( प्रो क्वालिफायर)’ आयोजना हुने जानकारी दिनुभयो ।

होटल रोयल सिगीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले करिब २ सय अन्तर्रा्ष्ट्रिय बडिबिल्डर नेपालमा भाग लिन आउने बताउनुभयो । नेपालमा आयोजना हुने प्रतियोगितामा विश्व बडिबिल्डिङका अर्का हस्ती बब चिकोरिलो नेपाल आउने उहाँले जानकारी दिनुभयो । अन्य हाईप्रोफाइल बडिबिल्डरलाई नेपाल भित्र्याउने विषयमा कुरा भइरहेको उहाको भनाई छ ।

प्रतियोगितामा २० भन्दा बढी राष्ट्रका खेलाडी नेपाल आउने बताईएको छ । प्रतियोगिताको अनुमानित बजेट एक करोड अठ्साट्ठी लाख बयालिस हजार आठ सय रुपैयाँ हुनेछ । शारीरिक सुगठनको ‘विश्वकप’ मानिने ‘मिस्टर ओलम्पिया’ आइएफबिबि लिग नेपालले आयोजना गर्ने गरेको छ । ‘मिस्टर ओलम्पिया’ मा भाग लिन ‘प्रो कार्ड’ आवश्यक पर्ने गर्दछ । नेपाल यसअघि यो संस्थामा आवद्ध थिएन । त्यसैले यसअघि नेपाली खेलाडी ‘मिस्टर ओलम्पिया’ मा भाग लिने अवसरबाट बञ्चित थिए ।

प्रतिक्रिया