अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०३ | Colorodo: 00:18

ओलम्पिक छनौट २०२० – बंगलादेशसँग अंक बाड्दै नेपाल दोस्रो चरणमा प्रवेश

बिआरटीनेपाल २०७५ कार्तिक २७ गते ८:३५ मा प्रकाशित

जापानको टोकियोमा हुने ओलम्पिक छनौट २०२० महिला फुटबल अन्तर्गत एसिया क्षेत्रको अन्तिम खेलमा बंगलादेशसँग अंक बाड्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा बंगलादेशसँग १–१ को बराबरी खेलेको नेपालले ओलम्पिक छनोटको दोस्रो चरणमा स्थान बनाउन सफल भएको हो । आयोजक म्यानमार र भारतसँग समान एक एक गोलको बराबरी खेल्दै दुई अंक जोडेको नेपालले आज पनि बराबरीको एक अंक सहित ३ अंक जोड्दै दोस्रो चरणमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

सम्पन्न बंगलादेशविरुद्धको खेलमा नेपालले कप्तान निरु थापाले खेलको १७ औं मिनेटमा गरेको गोलले अग्रता लिएको थियो । दोस्रो हाफमा इन्जुरी समयको तेस्रो मिनेटमा बंगलादेशकी अखी खातुनले गोल फर्काउँदा नतिजा बराबरी आएपछि दुबै टिमले समान अंक बाँडेका हुन् ।
नेपाल तेस्रो स्थानको उत्कृष्ट दुई टिममा पर्दै पहिलो सहभागितामै ओलम्पिकको दोस्रो चरणमा छानिएको हो । यो समूहबाट भारत र म्यानमार पनि शीर्ष दुई टिममा पर्दै छनौट भएका छन् ।

 

प्रतिक्रिया