अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

एएफसी यू–१९ महिला फुटबलमा नेपालको पहिलो खेल थाइल्याण्डसँग

बिआरटीनेपाल २०७५ कार्तिक ३ गते ८:०५ मा प्रकाशित

एएफसी १९ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबल छनोटको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसंग प्रतिस्पर्धा गर्ने भएको छ । छनोटको समूह बी मा रहेको नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्डसंग खेल्ने भएको हो । यो समूहमा नेपाल,थाइल्याण्ड,भारत र पाकिस्तान छन् ।

नेपाल र थाइल्याण्डबीचको खेल अक्टोबर २४ मा चोनबुरीमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसंग अक्टोबर २६ मा प्रतिस्पर्धा गर्दैछ । नेपालले छनोटको अन्तिम खेल पाकिस्तानसंग २८ अक्टोबरमा खेल्नेछ । समूह विजेता टोलीले छनोटको दोस्रो चरणको छनोटमा ठाउं बनाउनेछ ।

यस्तै पहिलो चरणको छनोटको उत्कृष्ट दुई टोलीले पनि दोस्रो चरणमा ठाउं बनाउने छन् । पहिलो चरणमा ६ समूहबाट २५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यस्तै अप्रिलमा हुने दोस्रो चरणको छनोटमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसबाट ४ टोलीले एएफसी यू–१९ महिला च्याम्पियनसिप खेल्नेछ ।

एएफसी यू–१९ महिला च्याम्पियनसिप अर्को वर्ष थाइल्याण्डमै आयोजना हुनेछ । च्याम्पियनसिपका लागि चीन,जापान र उत्तर कोरिया छनोट भईसकेका छन् । छनोटका लागि नेपाली टोली अक्टोबर २२ मा थाइल्याण्ड जानेछ । भुटानमा भएको साफ यू–१८ महिला च्याम्पियनसिप खेलेकै टोलीका सदस्यहरु थाइल्याण्ड जाने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

प्रतिक्रिया