अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

पोखरामा फुटबलको ग्रास रुट कार्यक्रम शुरु

बिआरटीनेपाल २०७५ भदौ ३० गते ८:५८ मा प्रकाशित

फुटबल विकासको लागि एन्फा कास्कीले ग्रास रुटको फुटबल प्रशिक्षण शुरु गरेको छ । कास्कीका विभिन्न विद्यालयमा र क्लबबाट आएका विद्याथीलाई फुटबल प्रशिक्षण दिदै नमूना ग्रास रुट शुरु गरिएको कास्की जिल्ला फुटबल संघले जनाएको छ । प्रत्येक विद्यालयमा फुटबलको विकास गर्ने उद्देश्य अनुसार कास्की जिल्ला फुटबल संघले विभिन्न विद्यालयमा स्थानीय क्लबको सहयोगमा फुटबल प्रशिक्षण गराउने उद्देश्य कार्यक्रम सञ्चालन गरेको प्रशिक्षक किरण श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमलाई प्रभावकारी बनाउने अभियान चलाएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले वताउनुभयो । ग्रास रुट फुटबल प्रशिक्षणको लागि अखिल नेपाल फुटबल संघले सहयोगी भूमिका खेल्दै आएको छ । ग्रास रुटको तालिमकै लागि फुटबल मैदान मर्मत सम्भारको लागि एन्फाले ५ लाख रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गरेको छ ।

ग्रास रुट तामिलको उदघाटन गर्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखराको मैदानमा बाल खेलाडीहरुको उपस्थितिले फुटबलको युगमा प्रवेश गरेको अनुभूति भएको बताउँदै आयोजना गर्नु नै सफलता भएको स्पष्ट पार्नुभयो । कार्यक्रम अन्तर्गत ८ देखि १० वर्ष र ११ देखि १३ वर्षका बाल खेलाडीलाई प्रशिक्षण गराईने अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ । ग्रास रुटको नमूना प्रशिक्षण कार्यक्रममा ३५ विद्यालयका करिब ५ सय विद्यार्थीहरु सहभागि छन् ।

 

प्रतिक्रिया