अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०५ | Colorodo: 11:20

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित, पाकिस्तान २–१ ले विजयी

बिआरटीनेपाल २०७५ भदौ १९ गते ९:२९ मा प्रकाशित

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । बंगलादेशको ढाकामा आजदेखि शुरू च्याम्पीयनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको हो । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल खेलको इन्जुरी समयमा गोलको शिकार भयो । पहिलो हाफको ३६ मिनेटमा १–० को गोलले पछाडि परेको नेपालले ८२ औ मिनेटमा बराबरी गोल फर्काएको थियो । ३ वर्षपछि टोलीमा पुनरागमन गरेका निराजन खड्काको पासमा विमल घर्तिमगरले उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा लगेका थिए ।

बराबरीपछि दुवै टोली आक्रमक बने इन्जुरी समयको अन्तिम मिनेटमा पाकिस्तान बाजी मार्न सफल भयो । खेल सकिन एक मिनेटमात्र बाँकी रहँदा पाकिस्तानका मोहमद अलीले उत्कृष्ट गोल गरे । अनुभवी गोलरक्षक किरण चेम्जोङको सामान्य गल्तीका कारण नेपालले अन्तिममा पाकिस्तानलाई नतिजा सुम्पिन वाध्य भयो । यसअघि खेलको ३६ औँ मिनेटमा कप्तान महर्जनले फल गरेपछि पाएको पेनाल्टीमा हसन नाएर बासिरले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएका थिए । पाकिस्तानलाई दबाबमा राखे पनि आजको खेलमा नेपाली टोली जित निकाल्न असफल भयो । समूहको ‘ए’ पहिलो खेलमा पराजित नेपाल अब दोस्रो खेलमा आगामी बिहीबार भुटान र अन्तिम खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया