अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१९ | Colorodo: 22:34

एसिया कप छनौट– नेपालको लगातार दोस्रो हार, युएईसँग ७८ रनले पराजित

बिआरटीनेपाल २०७५ भदौ १४ गते ९:१५ मा प्रकाशित

एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत् बिहीबार भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ७८ रनले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १७६ रनमा समेटियो ।

यो नेपालको लगातार दोस्रो हार हो । यसअघि, बुधबार भएको पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको थियो । हारसँगै नेपालको एसिया कप क्रिकेट खेल्ने सपना अधूरो वनेको छ । युएई र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यताप्राप्त देश हुन् ।

 

प्रतिक्रिया