अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९ | Colorodo: 21:24

साफ सुजुकी कप खेल्ने नेपाली टोलीको अन्तिम घोषणा

बिआरटीनेपाल २०७५ भदौ ११ गते ८:२७ मा प्रकाशित

आगामी माघ १९ गतेदेखि बंगलादेशमा आयोजना हुने साफ सुजुकी कप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार बिराज महर्जनको कप्तानीमा २० सदसीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीका कार्यकारी मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २९ सदस्यीय टोलीबाट अन्तिम खेलाडीको छनोट गर्नुभएको हो ।

घोषित टोलीको गोलकिपर किरणकुमार लिम्बु, विकेश कुथु र एलन न्यौपाने रहनुभएको छ । यसैगरी, डिफेन्समा दिनेश राजवंशी, देबेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याललाई चयन गरिएको छ । मिडफिल्डमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट रहनुभएको छ । छनोट गरिएको टोलीमा निराजन खड्का र सुमन अर्याल टिममा स्थान बनाउदा जर्ज प्रिन्स कार्की र कमल श्रेष्ठ बाहिरिएका छन् ।

भदौ ३० सम्म हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालले पाकिस्तानसँग भदौ १९ गते पहिलो खेल खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछ । नेपालले दोस्रो खेलमा भुटानसँग भदौ २१ मा र आयोजक बंगलादेशसँग भदौ २३ गते खेल्नेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह ’बी’ मा साविक बिजेता भारत, श्रीलंका र माल्दिभ्स छन् ।

प्रतिक्रिया