अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 21:43

पूर्व प्रहरी परिवार मञ्च बेलायतद्वारा स्पाइल कर्ड इन्जरीलाई आर्थिक सहयोग

मदनकृष्ण सिलवाल २०७५ भदौ ६ गते ८:०९ मा प्रकाशित

पूर्व प्रहरी परिवार मञ्च बेलायतले मेरुदण्ड पक्षघात भएका विद्यार्थीहरूको स्वावलम्बन जीवन पद्धति आवास सञ्चालकको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

पूर्व प्रहरी परिवार मञ्च बेलायका अध्यक्ष पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठको पहलमा मञ्चले गोकर्णेश्वर नगरपालिका माकलबारीस्थित स्पाइनल कर्ड इन्जरी नेटवर्क नेपालको कार्यालय परिसमा आज आयोजित एक कार्यक्रमबिच २ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको हो । स्पाइल कर्ड इन्जरी नेटवर्क नेपालका उपाध्यक्ष बाबुराम मिश्रको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

सो अवसरमा विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाकाका उपमेयर शान्ति नेपाल, उपत्यका ट्राफिक प्रमुख वसन्त पन्त, पूर्व सहायक रथी डा। प्रेमसिंह बस्नेत, पूर्व प्रहरी तथा नार्कोनन् नेपालका वसन्त कुँवर, अपाङ्ग मानवअधिकार केन्द्रका महासचिव जगदीशप्रसाद अधिकारी, नेपाल अपाङ्ग सङ्घका केन्द्रीय सदस्य तथा समाजसेवी छवि रमण पोखरेल, समाजसेवी खुमबहादुर श्रेष्ठ, प्रेमकुमारी श्रेष्ठ, बालगृह महासङ्घकी कोषाध्यक्ष दुर्गा मैनाली, नेपाल स्पाइनल कर्ड इन्जरी स्पोर्ट एसोसिएसनका अध्यक्ष गायत्री दाहाल, गोकर्णेश्वर नगरपालिका वडा नं। ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, समाजसेवी किशोर डंगोल, गीता खनाल लक्ष्मी नारायण महिला समूहकी अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शारीरिक रूपमा अशक्तहरूको हितमा चौतर्फी सहयोग र सद्भावना प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो –‘अब सार्वजनिक जग्गाका भूमाफीहरुका हातबाट थुतेर उहाँहरूलाई जग्गा दिनुप¥यो ।’ भन्दै गोकर्णेश्वर नगरपालिकाका कार्यवाहक मेयर शान्ति नेपाललाई ध्यानाकर्षण गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाका कार्यवाहक मेयर शान्ति नेपालले –‘नगरभित्र हरेक किसिमका शारीरिक अपाङ्गका भएका संघसंस्थाहरु खोलिएता पनि खेलकुद र अन्य सामाजिक कार्यक्रमका क्षेत्रमा स्पाइनल कर्ड इन्जरी भएका व्यक्तिहरूको सहभागिता उल्लेख रहेको बताउनुभयो ।’ साथै उहाँले नगरपालिकामार्फत्सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै, सो अवसरमा पूर्व सहायक रथी डा। प्रेमसिंह बस्नेत समेत स्पाइनल कर्ड इन्जरी भएका बालबालिकाहरूको लागि करिब दुई लाख आर्थिक सङ्कलन गरिदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा सदस्य कृष्णप्रसाद भण्डारीद्वारा स्वागत मन्तव्य राख्नुभएको थियो । गोकर्णेश्वर नगरपालिका विभिन्न वडाका वडाअध्यक्षहरुले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

स्पाइनल कर्ड इन्जरी नेटवर्क नेपालले सरकारी जग्गा नगरपालिकाले प्रदान गरेको खण्डमा छिट्टै आवास निर्माण गर्ने सोच रहेको संस्थाका उपाध्यक्ष बाबुराम मिश्रले बताउनुभयो ।

सक्षेपमा स्पाइनल कर्ड इन्जरी नेटवर्क नेपाल स्पाइनल कर्ड इन्जरी भएका बालबालिकाहरूलाई शिक्षा दीक्षामा सहजता तुल्याउने उद्देश्यका साथ वि।सं। २०७२ सालमा यो संस्थाको स्थापना गरिएको हो । यस संस्थाले सुरुमा तीन जना बालबालिकाबाट आवासीय छात्रवासको सुरुवात गरेको हो भने हाल १५ जना बालबालिकाहरू आश्रित छन् । उनीहरू दिउँसो नजिकैको स्कुलहरूमा पठनपाठन गर्न जान्छन् भने यहाँ आवासीय छात्रवासको रूपमा बसोबास गर्ने गर्दछन् । यहाँको बालबालिकाहरू खगेन्द्र नव जीवन केन्द्र, पाँच पोखरी र चामुण्डा माविमा अध्ययनरत छन् ।

सम्बन्धित सामग्रीहरू