अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

एमालेभित्रको निषेधित राजनीतिले नयाँ घुम्तीमा पुगेको छु: भीम रावल

बिआरटीनेपाल २०८१ वैशाख १३ गते ८:२२ मा प्रकाशित

नेकपा ९एमाले० का नेता भीम रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताउनुभएको छ । पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको उउहाँले बताउनुभयो । एमाले अछाम जिल्ला अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पनि आफूलाई एमालेले निषेध गरेको रावलको भनाइ थियो। अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १० औं महाधिवेशनमा प्रतिष्पर्धा गरेकै कारण आफूलाई निषेध गरिएको उहाँले बताउनुभयो । ‘गोदावरीको अधिवेशनमा मलाई उहाँहरुले जुनप्रकारले व्यवहार गर्नुभएको छ, यसपछि मैले के सोचेको छु भने अब मलाई राजनीतिको जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ,’ बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै रावलले भन्नुभयो, ‘एउटा घुम्तीमा पुगेजस्तो मैले महसुस गरेको छु। हामी सबैलाई थाहा छ, हाम्रो सामान्य जीवनमा पनि हिँड्दै जाँदा घुम्तीमा पुग्यौं भने त्यो अर्को मोडमा मान्छे लाग्छ।’

एमालेमा सबैभन्दा लामो समय आफूले विदेश विभागमा काम गरेको स्मरण गर्दै उहाँले देशको सार्वभौमसत्ताका विषय उठाएकै कारण पार्टीमा निषेध गरिएको दाबी गर्नुभएको थियो। आफूले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति पढेर पार्टीलाई योगदान दिएको बेला एमालेमा उक्त विषय पढेको मान्छे नै नभएको उहाँको दाबी थियो।

रावलले आफू महाधिवेशन परिषद् समितिको सदस्य भए पनि बैठकमा सहभागी हुन पाउने अधिकारबाट निषेध गरिएको बताउनुभयो। ‘म त्यो महाधिवेशन प्रतिनिधि परिषद्को सदस्य हुँ। म त्यहाँ जाने मनस्थितिमै थिएँ। किनकी पार्टी भनेको त धेरै मानिसको पसिना, त्याग र तपस्याबाट बनेको हुन्छ। त्यो कुनै व्यक्तिको कम्पनी या नीजि हुँदैन। नेतृत्व भनेको परिवर्तन हुन्छ। प्रत्येक महाधिवेशन र त्यसको मञ्चहरुमा निष्पक्ष ढंगले निर्वाचन गरेर प्रत्येक व्यक्तिको चुन्ने र चुनिन पाउने अधिकार हुन्छ,’ उहाँले भन्नुभयो। टीका लगाएर पद दिने, आदेशबाट नेतृत्वमा पठाउने र निषेधको राजनीति गर्ने हो भने एमालेले मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’लाई छाड्नुपर्ने रावलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू