अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 17:20

मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल

बिआरटीनेपाल २०८१ वैशाख १३ गते ८:२५ मा प्रकाशित

मन्त्रिपरिषद्को बैठकमा सहकारीको समस्यासम्बन्धी विषयमा गम्भीर छलफल भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकमा यस सम्बन्धमा गम्भीर छलफल भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो। यस सम्बन्धमा तत्काल कानुनमा व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्याको समाधान प्रक्रिया सुरु गर्ने निर्णय भएको उहाँको भनाइ छ ।

बैठकमा देशभर बढ्दो क्रममा रहेको डढेलाको समस्याका विषयमा पनि छलफल भएको मन्त्री शर्माले बताउनुभयो । आगलागीबाट हुनसक्ने क्षति न्यूनीकरणका साथै तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरताका साथ क्रियाशील हुन पनि सरकारले निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू