अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

उपचुनावकाे सुरक्षा तयारी पूरा, दुई हजार जनाभन्दा धेरै प्रहरी कर्मचारी खटिँदै

बिआरटीनेपाल २०८१ वैशाख १३ गते ७:५८ मा प्रकाशित

नेपाल प्रहरीले पर्सि शनिवार १५ गते हुने उपचुनावको सुरक्षा तयारी पूरा भएको जनाएको छ । प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभा बझाङ–१ (क) मा हुने उपचुनावको सबै सुरक्षा तयारी पूरा भएको हो ।

नेपाल प्रहरीले काठमाण्डौमा आज पत्रकार सम्मेलन गरी उपचुनाव हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएको छ । चुनाव हुनुअघिकाे, मतदानको दिनकाे र मतदान भइसकेपछिको आवश्यक सुरक्षालाई अलग–अलग कार्ययोजना बनाएर सुरक्षा व्यवस्थापन मिलाएको नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार उपचुनाव हुने क्षेत्रमा दुई हजार तीन सय ८७ जना प्रहरी कर्मचारी खटिँदै छन् ।

चुनावका लागि गए रातिदेखि नै मौन अवधि शुरु भइसकेको छ । निर्वाचन आयोगले आचारसंहितको पालना गर्न/गराउन सम्बन्धित सबै सरोकार पक्षलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू