अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०६ | Colorodo: 15:21

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

बिआरटीनेपाल २०८१ वैशाख १३ गते ८:०४ मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाउनुभएको छ ।आज प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गर्नुभयो । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ जना सांसद उपस्थित थिए । विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र एक मत तटस्थमा परेको छ ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक सांसद छन् । कर्णालीमा माओवादीका राजकुमार शर्माले गएको चैत २१ गते राजीनामा दिएपछि चैत २७ गते एमालेका कँडेल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू