अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश

बिआरटीनेपाल २०७५ असार १२ गते १९:२२ मा प्रकाशित

काठमाडौं । रुसमा जारी विश्वकपमा समुह चरण खेलमा नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । अर्जेन्टिनाले नाइजेरियालाई २—१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

यो विश्वकपमा कठिन संघर्ष गरेको अर्जेन्टिनालाई नकआउट चरणमा पु¥याउनका लागि कप्तान लियोनेल मेसी र मार्कोस रोहोले गोल गरे ।

अर्जेन्टिनालाई जिताउने क्रममा मेसीले खेलको १४ औँ मिनेटमा उत्कृष्ट गोल गरे । मेसीले एभर बनेगाको पासमा खेलको १४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई विश्वकपको नकआउट चरणमा लैजाने बाटो खोलेका थिए अर्जेन्टिनाले खेलको ५१ औँ मिनेटमा पेनाल्टीको सामना गर्नुपर्यो ।  जाभिएर मास्चेरानोले नाइजेरियाका खेलाडीलाई डी एरियाभित्र तानेर लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भिक्टोर मोसेसले पेनाल्टीबाट गोल गर्दै बराबरी गरेका थिए ।८६ औँ मिनेटमा ग्याब्रिएल मेर्काडोको पासमा म्यानचेस्टर युनाइटेडका डिफेन्डर मार्कोस रोहोले उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाले राहतको श्वास मात्रै फेरेन, विश्वकपको अन्तिम १६ मा पनि पुग्यो ।समूहको पहिलो खेलमा आइसल्यान्डविरुद्ध बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग पराजित भएपछि नाइजेरियाविरुद्धको अन्तिम खेलमा जित्नै पर्ने दबाबमा थियो ।

प्रतिक्रिया