अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६ | Colorodo: 11:41

आयोजक रसिया र उरुग्वे विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश

बिआरटीनेपाल २०७५ असार ७ गते ९:४२ मा प्रकाशित

 

आयोजक रसिया र उरुग्वे विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन । समुह ए अन्तर्गतको दोस्रो खेलमा उरुग्वेले साउदी अरेबियालाइ सुन्यका विरुध्द १ गोलले हराएपछी उरुग्वे ६ अंक जोड्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

उरुग्वेको लागी लुइस स्वारेजले २३ औं मिनेटमा गरेको गोल निर्णायक भएको थियो । समुह ए बाट रसिया पनि अन्तिमा १६ मा प्रवेश गरेको छ । रसियाले खेलेको २ खेलमा जित निकाल्दै ६ अंकका साथ अन्तिम १६ मा प्रवेश गरेको हो । यी दुबै देशले आफ्नो समुहको १/१ खेल खेल्न बाँकी छ । समुह ए बाट २ खेलमा पराजित भए पछी साउदी अरब र इजिप्ट समुह चरणबाटै बाहिरिएका छन ।

यता समुह बी मा रहेका स्पेन र पोर्चुगलले अन्तिम १६ मा प्रवेशको संभावनालाइ  बलियो बनाएका छन । समुह चरणको पहिलो खेमा एक अर्का विरुध्द बरावरी खेलेका स्पेन र पोर्चुगलले दोस्रो खेलमा जित निकालेका छन । पार्चुगलले मोरक्कोलाइ सुन्यका विरुध्द १ गोलले हराउँदा स्पेनले पनि इरानलाइ सुन्यका विरुध्द १ गोलले पराजित गरेको छ । यो जितसंगै स्पेन र पोर्चुगलको २ खेलबाट समान ४ अंक भएको छ । पोर्चुगलको जितमा एक पटक पुन क्रिस्टियानो रोनाल्डो नायक बने । रोनाल्डोले चौथो मिनेटमा हेडिङ मार्फत गरेको गोल निर्णायक बन्न गयो । स्पेन विरुध्द ह्याट्रिक गरेका रोनाल्डोको यो गोलसंगै रसियामा जारी विश्वकपमा गोल संख्या ४ पुगेको छ । यसैगरी इरान विरुध्द डिएगो कोस्टाले ५४ औं मिनेटमा गरेको गोलले स्पेनलाइ ३ अंक दिलायो । यो गोलसंगै कोस्टाको जारी विश्वकपमा गोल संख्या ३ पुगेको छ । यो पराजयसंगै इरानको अन्तिम १६ मा प्रवेशको संभावना कमजोर बनेको छ भने मोरक्को १ खेल खेल्नु अघिनै समुह चरणबाट बाहिरिएको छ

 

प्रतिक्रिया