अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९ | Colorodo: 21:24

रोनाल्डोको एक गोलको भरमा मोरक्कोमाथि पोर्चुगलको जित

बिआरटीनेपाल २०७५ असार ६ गते ९:४३ मा प्रकाशित

विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधवार भएको पहिलो खेलमा कडा प्रतिस्पर्धाका बिच पोर्चुगलले जित हासिल गरेको छ । रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका पोर्चुगलका विश्व चर्चित खेलाडी क्रिस्टीयानो रोनाल्डो दोस्रो खेलमा एक गोलमा सीमित भए । खेल सुरु भएको चौँथो मिनेटमा गरेको एक गोलमा सीमित भएर पोर्चुगलले आफ्नो जित जोगाएको हो ।

सुरुमै गोल खाएको मोरक्कोले आफूमाथि परेको दबाबलाई अन्तिमसम्म पनि थेग्दै न त आफूले गोल गर्न सक्यो न त पोर्चुगललाई नै गोल गर्ने मौका दियो । निकै कडा प्रतिस्पर्धा देखिएको खेलमा दुवै तर्फबाट गोलको सम्भावनाको नजिक पुग्ने प्रयास पटक पटक भएका थिए । पोर्चुगलसँगको हारसँगै अघिल्लो चरणमा जाने मोरक्कोको सम्भावना लगभग सकिएको छ भने अघिल्लो चरणमा जाने सम्भावना पोर्चुगलले बलियो बनाएको छ ।

प्रतिक्रिया