अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

अर्जेन्टिना खेलाडीहरू बारे रोचक कुराहरू

बिआरटीनेपाल २०७५ असार २ गते ६:५३ मा प्रकाशित

विश्वमा फुटबलका कारण परिचय बनाएको देश हो अर्जेन्टिना । यो देशका खेलाडीहरूबारेमा जति थाहा छ देशका बारेमा भने कमैलाई थाहा छ । पर्यटकहरूका लागि पनि एक सुन्दर गन्तव्य हो अर्जेन्टिना । मासु खपत, ट्यांगो डान्सिङ, विविध कल्चरले भरिपूर्ण छ अर्जेन्टिना ।

अर्जेन्टिनाबारे रोचक कुराहरू यस्ता रहेका छन्

विश्वकै आठौँ ठुलो देश अर्जेन्टना हो ।

अर्जेन्टिना शब्द लेटिन शब्द सिलभरबाट आएको हो ।

लेटिन अमेरिकामा सबैभन्दा धेरै घुम्न आउने सहर हो व्युनर्स आयर्स

अर्जेन्टिनाको कुल क्षेत्रफल १०६८२९६ रहेको छ ।

सन् २००१ मा अर्जेन्टिनामा १० दिनमा पाँच जना राष्ट्रपति रहेका थिए ।

सन् १९१३ मा अर्जेन्टिना प्रतिव्यक्ति आयमा विश्वकै १० औ स्थानमा रहेको थियो ।

सबैभन्दा चिसो र सबैभन्दा गर्मी तापक्रम दक्षिण अमेरिका महादेशमा पर्ने अर्जेन्टिनामा हुने गर्छ ।

सबैभन्दा धेरै स्पेनिस भाषा बोलिने देश पनि अर्जेन्टिना नै हो ।

उरुग्वे, ब्राजिल, चिली, बोलिभिया र पारग्वे जस्ता देशहरूसँग अर्जेन्टिनाको सिमाना जोडिएको छ ।

अर्जेन्टिनाको राष्ट्रिय मुद्रा पेसो हो ।

लेटिन म्युजिक अर्जेन्टिनाबाट सुरु भएको हो ।

अर्जेन्टिनाको बिफ विश्वभर प्रख्यात रहेको छ ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप उपाधि जितेको थियो ।

अर्जेन्टिनामा ३० वटा राष्ट्रिय आरक्षण केन्द्र रहेका छन् ।

अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् ।

विश्वकै सबैभन्दा धेरै गहुँ निर्यात गर्ने देशको सुचीमा अर्जेन्टिना पाँचौँ स्थानमा छ ।

अर्जेन्टिनामा गर्भपतन अझै गैरकानुनी मानिन्छ । आमाको ज्यानै जाने खतरा वा बलात्कारका घटनामा मात्र गर्भपतन गर्न पाइन्छ ।

लेटिन अमेरिकामा सबैभन्दा पहिले ‘सेम सेक्स म्यारिज’को अनुमति दिने राष्ट्र हो अर्जेन्टिना

लेटिन अमेरिकामा सबैभन्दा पहिलो रेडियो ब्रोडकास्टिङ हुन् देश को अर्जेन्टिना । उसले सन् १९२० अगस्ट २७ मा पहिलो रेडियो ब्रोडकास्टिङ सुरु गरेको थियो । हिमाल पोस्टबाट 

प्रतिक्रिया