अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

चर्चित स्पोर्टस् साइट ‘ओप्टा’को खुलसा, ब्राजिलले विश्वकप जित्छ

बिआरटीनेपाल २०७५ जेठ ३० गते १०:१४ मा प्रकाशित

चर्चित स्पोर्टस न्यूज पोर्टल ओप्टाले ब्राजिल विश्वकपको उपाधि विजेता बन्ने खुलसा गरेको छ । विश्वकपमा सहभागी भएका ३२ राष्ट्रको टिम विश्लेषण, खेलाडीको क्षमता र खेल शैलीलाई आधार मानेर गरिएको अध्ययनमा ब्राजिल रसिया विश्वकपको सबैभन्दा बलियो उपाधि दावेदार रहेको ओप्टाले जनाएको छ ।

अध्ययन अनुसार ब्राजिलले विश्वकप जित्ने सम्भावना सबैभन्दा बढी १३.२ प्रतिशत रहेको छ । यसअघिका विभिन्न सर्वेक्षण र फिफाको आधिकारिक वेबसाइटले समेत ब्राजिल रसिया विश्वकपको सबैभन्दा बलियो दावेदार भएको र विश्वकप जित्ने प्रक्षेपण गरेका थिए ।

ओप्टाका अनुसार दोस्रो धेरै सम्भावना जर्मनीको १०.७ प्रतिशत छ । तेस्रोमा भने अर्जेन्टिना रहेको छ । उसको सम्भावना १०.१ प्रतिशत रहेको छ । चौथो स्थानमा रहेको फ्रान्सको उपाधि जित्ने सम्भावना ९.९ प्रतिशत रहेको छ । पाँचौँ स्थानमा स्पेन छ । उसले विश्वकप जित्ने सम्भावना ८.९ प्रतिशत रहेको छ ।

यस्तो छ ओप्टाले गरेको प्रक्षेपण

 

प्रतिक्रिया