अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम

बिआरटीनेपाल २०७५ जेठ २१ गते १०:५७ मा प्रकाशित

अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम हुनुभएको छ ।

म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे ।

विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आज अन्नपूर्ण आधार शिविरदेखि घान्द्रूक सम्मको कूल ४२.१९५ किलोमिटरको दुरी रिमालले चार घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गर्नुभयो । उनले रु एक लाख पुरस्कार पाए ।

यस्तै तामाङले चार घण्टा १७ मिनेट ४२ सेकेन्ड तथा श्रेष्ठले चार घण्टा २० मिनेट ३८ सेकेन्डमा उक्त दुरी पार गर्नुभयो । तमाङले रु ७० हजार तथा श्रेष्ठले रु ५० हजार पुरस्कार पाए ।

त्यस्तै म्याराथनमा १० जनाभित्र रुपबहादुर बुढा, भूमिराज राई, अनिलकुमार वाइवा, दुर्गाराज बुढामगर, रुपलाल बुढामगर, शेरबहादुर थारु र दामोदर बुढामगर सफल हुनुभएको छ । म्याराथनका कान्छा धावक घान्द्रुकका १६ वर्षीय अनिल गुरुङले ११औ स्थान हासिल गरे ।

अन्नपूर्ण आधार शिविरबाट शुरु भएको म्याराथन दौड माछापुच्छ्रे आधारशिविर हुँदै देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भौसी खर्क हुँदै घान्दुकमा आई सम्पन्न भएको थियो ।

प्रतिक्रिया