अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगितामा क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर २ विजयी

बिआरटीनेपाल २०७५ जेठ १६ गते ११:१७ मा प्रकाशित

 

प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज काठमाडौंमा भएका खेलमा क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर २ विजयी भएका छन ।

किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा क्षेत्र नम्बर ३ ले क्षेत्र नम्बर क्षेत्र नम्बर ६ लाइ ३ विकेटले पराजित गर्यो ।

पहिलो ब्याटिङ गरेको क्षेत्र नम्बर ६ ले रविन्द्र शाहिको ५२ रनको मद्दतले ४७ ओभर ४ बल खेली १ सय ७८ रन बनाएको थियो ।

१ सय ७९ रनको लक्ष सहित ब्याटिङ गरेको क्षेत्र नम्बर ३ ले सो लक्ष ३६ ओभर ३ बलमा ७ विकेटको क्षतिमा भेट्टायो ।

क्षेत्र नम्बर ३ को लागी आदिल खानले सर्वाधिक ३१ रनको योगदान गरेका थिए ।

प्रतियोगिता अन्तर्गत मुलपानीमा आजै भएको अर्को खेलमा क्षेत्र नम्बर २ ले क्षेत्र नम्बर ४ लाइ ६७ रनले पराजित गर्यो ।

१ सय ५९ रनको लक्ष पछ्याएको  क्षेत्र नम्बर ४ २८ ओभर ५ बल खेली ९१ रनमै समेटियो । क्षेत्र नम्बर ४ लाइ सस्तैमा समेट्न संजम रेग्मिले ५ तथा शमसाद शेखले ४ विकेट लिए ।।

प्रतिक्रिया