अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

नेपाली क्रिकेट सम्मान

बिआरटीनेपाल २०७५ जेठ १२ गते १९:२४ मा प्रकाशित

काठमाडौं । नेपाली क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्माचार्यदेखि वर्तमान कप्तान पारस खडकासम्मका क्रिकेटकर्मीहरु एकै मञ्चमा सम्मानित भएका छन् ।

काठमाडौको समाज विकासका निमित्त विविध क्षेत्रमा समर्पित भई राष्ट्र र राष्ट्रियताको नाम उचो राख्ने व्यक्तित्वहरुलाई प्रमोदराज – सावित्री पाण्डे स्मृति प्रतिष्ठानले सम्मान गर्ने क्रममा क्रिकेटकर्मीहरुका लागि यो संयोग जुरेको हो ।प्रतिष्ठानले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली क्रिकेट टिमका पहिलो कप्तान उत्तम कर्माचार्यदेखि निवर्तमान कप्तान बिनोद दासदेखि वर्तमान कप्तान खड्कालाई एकै मञ्चमा सम्मानित भएका छन् ।

प्रतिष्ठानले प्रमोद- पुरुषोत्तम पाण्डे स्मृति सम्मान २०७५ बाट बर्तमान नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सम्मानित गरेको छ । यसैबीच प्रमोद -पुरुषोत्तम पाण्डे स्मृति खेल पत्रकारिता पुरस्कार २०७५ बाट खेल पत्रकार विनोद पाण्डेलाई पुरस्कृत गरिएको छ ।

नेपाल क्रिकेट संघका पुर्व अध्यक्ष विनयराज पाण्डे र प्रमोद-पुरुषोत्तम पाण्डे स्मृति प्रतिष्ठाका अध्यक्ष डाक्टर मनिषराज पाण्डेले खादा, नेपाली टोपी र सम्मानपत्र दिएर सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया