अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

ब्राजिलका फुटबल खेलाडी नेयमार पुन अभ्यास खेलमा फर्किए

बिआरटीनेपाल २०७५ जेठ ९ गते ८:१८ मा प्रकाशित

विश्वका सबैभन्दा मंहङ्गा फुटबल खेलाडी ब्राजिलका नेयमार पुन अभ्यास खेलमा फर्किएका छन । खेलको बेला पाइतालामा लागेको चोटको कारण गत फेब्रुअरी महिनाको सुरु देखी नेयमार अभ्यासमा समेत आउन सकेका थिएनन । ब्राजिलको विश्वकप खेल्ने टोलिसंग नेयमारले चोट लागे यता पहिलो पटक टेरिपोलिस सहरमा अभ्यासमा देखिए । रसियामा आयोजना हुने फिफा विश्वकप फुटबलमा ब्राजिलले आफ्नो पहिलो खेल स्विटजरल्याण्ड विरध्द जुन १७ तारिखमा खेल्ने छ । ब्राजिलको समुहमा बाँकी २ टिम सर्विया र कोस्टारिका रहेका छन ।

प्रतिक्रिया