अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

जुनियर ओपन लन टेनिस प्रतियोगिता सुरु

बिआरटीनेपाल २०७५ जेठ ६ गते ९:५६ मा प्रकाशित

काठमाडौँमा आइतबारदेखि ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता सुरु भएको छ ।

आइएमई फाउन्डेसनको आयोजना, अल नेपाल लन टेनिस एसोसिएसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा सुरु भएको प्रतियोगिता नाउलिङ स्पोर्टस् भिल्ला भंगालमा सञ्चालन भएको छ ।

उद्घाटन कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराजदढकालले अहिलेको प्रतिस्पर्धी युगमा पढाइका अतिरिक्त अन्य विषयमा पनि ज्ञान र अनुभव आवश्यक पर्ने हुँदा बालबालिकाहरूमा खेलकुदप्रति रुचि बढाउन प्रतियोगिता आयोजना गरेको जानकारी दिए ।

आइतबारको खेलमा आठ वर्ष मुनिको समूहबाट सम्राज्ञी लामा, सिभाली गुरुङ, असोभ हाडा र आद्रित नेपाल फाइनलमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया