अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 10:47

भारतीय स्पिनर मिश्राले भने सन्दीपको बलिङ कला सिक्न मन छ

बिआरटीनेपाल २०७५ जेठ ५ गते १९:१९ मा प्रकाशित

काठमाडौं । भारतीय स्पिनर अमित मिश्राले नेपाली बलर सन्दीप लामिछानेको बलिङको प्रशंसा गरेका छन् । आईपीएल क्रिकेटमा सन्दीपसँगै दिल्ली डेयरडेभिल्स टिममा रहेका मिश्राले खेलको अभ्यासका क्रममा सन्दीपको बलिङलाई आफुले नजिकबाट नियालेको र उनको बलिङमा चमत्कार रहेको बताएका हुन् ।

मिश्राले टेलिभिजन च्यानल स्टार स्पोर्टसँंग कुरा गर्दै भने सन्दीपबाट म पनि सिधा बल फाल्ने कला सिक्न चाहान्छु ।

सन्दीपले आईपीएल सकिँदासम्म आफूलाई त्यो कला सिकाउने विश्वास लिएको पनि उनले बताए । बलिङका क्रममा आफूले सन्दीपलाई विकेट लिनैपर्छ भन्ने वा ब्याटिङमा को छ भन्ने कुरालाई मतलब नगरी आफ्नो मौलिक पारामा बलिङ गर्न सुझाव दिएको पनि बताए ।

प्रतिक्रिया