अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९ | Colorodo: 22:04

मैत्रीपूर्ण फुटबलमा पत्रकार विजयी

बिआरटीनेपाल २०७५ जेठ १ गते २०:४२ मा प्रकाशित

दाङ, यहाँ मङ्गलवार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा युवा सङ्घको टिमलाई हराउँदै पत्रकारको समूह विजयी भएको छ ।

पत्रकार महासङ्घको टोली युवा सङ्घलाई ७–० गोलको फराकिलो अन्तरले हराई विजयी भएको हो । युवा सङ्घ नेपालको २८ औँ स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार, युवा सङ्घ, कानुन व्यवसायी र निजामती कर्मचारीको टोलीले प्रतिस्पर्धा गरेका थिए । युवा सङ्घले निजामती कर्मचारी र पत्रकारले कानुन व्यवसायीलाई जितेर फाइनलका लागि यात्रा तय गरेका थिए ।

पत्रकारको तर्फबाट रामकृष्ण बस्नेतले तीन गोल गर्नुभएको थियो । युवा सङ्घ दाङको टोलीमाथि हाबी भएको पत्रकारको टोलीका तर्फबाट सविन प्रियासन, रुपक थापा, मनिष पाण्डे र गोपाल कुँवरले एक÷एक गोल गरी पत्रकारको टोलीले सात गोल गरेको थियो । सात गोलले विजयी भएको पत्रकारको टोलीले एउटा खसी उपहार प्राप्त गरेको छ ।

प्रतियोगितापश्चात् बोल्ने वक्ताले युवा सिर्जनशील हुनुपर्ने भन्दै खेललाई सद्भाव र भाइचाराको सम्बन्ध गराउने माध्यमका रूपमा लिन आग्रह गरेका थिए । खेलले सबैलाई मिलन गराउने भन्दै मैत्रीपूर्ण फुटबलले सबैलाई सद्भावको बाटोमा डो¥याउने विश्वास व्यक्त गरेका थिए ।

सो अवसरमा नेकपा (एमाले) का जिल्ला अध्यक्ष टीकाराम खड्का, प्रदेश सांसद रेवतीरमण शर्मा, युवा सङ्घका केन्द्रीय सचिवालय सदस्य मनोहर बुढाथोकीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया