अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

खेलकुद पुरष्कार मनोनयन

बिआरटीनेपाल २०७५ वैशाख १३ गते ०:२१ मा प्रकाशित

नेपाल खेलकुद पत्रकार मंचले हरेक वर्ष आयोजना गर्ने एनएफजेएफ खेलकुद पुरष्कार अन्तर्गत पिपल्स च्वाइस विधाको लागि मनोनयनमा पर्ने खेलाडीको नाम काठमाण्डौंमा  सार्वजनिक गरेको छ । पिपल्स च्वाइसमा मंचले सार्वजनिक गरेको नामा क्रिकेटबाट सन्दिप लामिछाने, फुटबलबाट किरण चेम्जोङ, गल्फबाट प्रतिमा शेर्पा, भलिबलबाट मानवहादुर श्रेष्ठ र टेबुलटेनिसबाट स्यान्टु श्रेष्ठ छन । २०७४ सालभरी खेलाडीले पाएको चर्चा र प्रदर्शनको आधारमा खेलाडीहरु पिपल्स च्वाइसमा पर्न सफल भएका हुन ।

एसएमएस भोटिङ र फेसबुकबाट लाइक गरेको आधारमा सर्वाधी मत प्राप्त गर्ने खेलाडी पिपल्स च्वाइसमा पर्ने छन । मंचले काठमाण्डौमा आज आयोजना गरेको पिपल्स च्वाइस मनोनयन कार्यक्रममा मंचका अध्यक्ष महेश आचार्यले पिपल्स च्वाइसमा मनोनयन भएका खेलाडीको नाम सार्वजनिक गर्नु भयो । पिपल्स च्वाइसका लागी आजैबाट मतदान प्रक्रिया सुरु भैसकेको छ । मंचले हरेक वर्ष प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड आगामी जेठ ३ गते काठमाण्डौंमा प्रदान गरिने छ । यस वर्ष पनि ८ विधामा खेलाडी, प्रशिक्षक र खेलकर्मिलाइ पुरष्कार प्रदान गरिने छ ।

प्रतिक्रिया