अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२४ | Colorodo: 21:39

आईपीएलः बैंगलोर ६ विकेटले विजयी

बिआरटीनेपाल २०७५ वैशाख ८ गते १९:२४ मा प्रकाशित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । शनिवार राति भएको खेलमा बैंगलोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको बैंगलोर १८ ओभरमा ४ विकेट गुमाएर १७६ रन बनायो ।

बैंगलोरको पाँच म्याचमा यो दोस्रो जित हो भने समान खेल खेलेको दिल्लीको चौथो हार हो ।बैंगलोरको जितमा एविडी भिलियर्सले नटआउट ९० रनको योगदान गरे । ३९ बल सामना गरेका उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए । उनी प्लेयर अफ दि म्याच भए ।कप्तान विराट कोहलीले ३० रन बनाए ।बलिङतर्फ हर्सल पटेल, ग्लेन म्याक्सवेल र ट्रेन्ट बोल्टले एक-एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीका लागि रिसब पन्तले सर्वाधिक ८५ रनको योगदान गरे पनि जित दिलाउन सकेनन् । ४८ बल सामना गरेका उनले ६ चौका र ७ छक्का प्रहार गरेका थिए । यसै गरी श्रेयस ऐयरले अर्धशतक पूरा गरेका थिए । ४ चौका र ३ छक्काको मद्दतमा उनले ५२ रन बनाएका थिए । बलिङतर्फ युजवेन्द्र चहलले २ विकेट लिए । 

प्रतिक्रिया