अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

युएईमा हुने १५ खेलमा नेपाली खेलाडी सहभागी हुने

नयाँ पत्रिका २०७५ वैशाख ५ गते १०:२० मा प्रकाशित

अगामी अप्रिल २० का दिन युएईमा हुने एक दिवसिय १४औं राष्ट्रिय कराते च्याम्पियनसिप जेकेएस (जापान कराते सोतोकान) कप २०१८ मा नेपाली खेलाडीहरू पनि सहभागी हुने भएका छन् । खेल दुबईमा रहेको शवाव अल अलिक क्लबको हलमा प्रतिस्पर्धा हुनेछ ।

व्यावसायिक रूपमा युएईमा दर्ता भएर खेल खेलाइरहेको एभरेष्ट मार्शल आर्ट क्लबले पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएको हो । शुक्रवार क्लबको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका प्रमुख रवि शाहीले उक्त प्रतिस्पर्धामा दुई महिला सहित १० नेपाली खेलाडीहरू सहभागी हुने बताए ।

उनका अनुसार १० नेपाली खेलाडीहरूले काता(प्रदर्शन) र कुमुते(भिड्ने) गरी १५ खेलमा सहभागी हुनेछन् । विभिन्न देशका गरी ८० क्लबहरू प्रतिस्पर्धी रहने सो खेलमा नेपालबाट राष्ट्रिय खेलहरू खेलेर आएका खेलाडीहरू र क्लबले उत्पादन गरेका खेलाडीहरू लिएर उक्त खेलमा सहभागी हुने शाहीले बताएका छन् । यस खेलबाट राम्रै सफलता हात पार्नेमा आशावादी रहेको समेत उनले बताए ।

खेलाडी व्यवस्थापनमा आर्थिक समस्या
नेपाली लगानीमा केही महिना पहिले दर्ता गरिएको एभरेष्ट मार्शल आर्ट क्लबले छोटो समयमा नै युएईको राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न गइरहेको भन्दै प्रमुख शाहीले खेलाडीहरूको व्यवस्थापनमा आर्थिक समस्या भएको बताए । उनले आर्थिक सहयोगको लागि युएईमा क्रियाशील विभिन्न संघसंस्थाहरुसँग अनुरोध गरेको पनि बताए । रोजगारीको लागि प्रवासमा रहेका विभिन्न खेलाडीहरूको प्रतिभालाई बचाई राख्न आफूले पहल गरिरहेको र नेपालीसँगै नेपालको नाम राख्ने बताए ।

सम्बन्धित सामग्रीहरू