अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 06:53

ज्वरोको जानकारी लिन जाजरकोट गएका मन्त्री र सचिवको बिल १८ लाख

नयाँ पत्रिका २०७५ जेठ ८ गते १९:०३ मा प्रकाशित

भाइरल ज्वरोको अनुगमन गर्न जाजरकोट गएका तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र सचिव किरण रेग्मीको खर्च १८ लाख उठेको छ । उनीहरू गत पुसमा फैलिएको भाइरल ज्वरोको अवस्था बुझ्न सेनाको हेलिकोप्टर चढेर जाजरकोट पुगेका थिए ।

२९ पुसमा उनीहरू जाजरकोट पुगेका थिए । एमआई १७ हेलिकोप्टरमा उनीहरू उडेको बिल १७ लाख ८६ हजार ६ सय ८८ रुपैयाँ उठेको भन्दै निकासा गरिदिन स्वास्थ्य मन्त्रालयमा सेनाले बिल पेस गरेको छ ।

विनाऔषधि मन्त्री भाइरल ज्वरो प्रभावित क्षेत्रमा पुग्दा बिरामीले भने आवश्यक सिटामोलसमेत पाएका थिएनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक बाबुराम मरासिनी १८ लाख खर्चेर मन्त्री र सचिवले जाजरकोट घुम्नुको प्रगति केही नभएको बताए ।

१८ लाखले ४ महिना महामारी रोकिन्छ
डा. बाबुराम मरासिनी
पूर्वनिर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

१८ लाख रुपैयाँ खर्च गर्ने हो भने जाजरकोटका पूरै जनतालाई चार महिना औषधि पुग्छ । सिटामोलसम्म नभएर त्यहाँ भाइरल ज्वरोको संक्रमण बढेको हो । त्यस्तो अवस्थामा मन्त्रालयका अधिकारी तामझाम साथ हेलिकोप्टरमा जानु हुँदैनथ्यो । हेलिकोप्टरमा त औषधिसहित चिकित्सक पठाउनुपर्थ्यो ।

सम्बन्धित सामग्रीहरू