अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

डिपिएलको उपाधि धनगढीलाई

बिआरटीनेपाल २०७४ चैत ३० गते ८:०४ मा प्रकाशित

धनगढी,  रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सोे टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो । प्रदेश नं ७ को सङ्घीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भएको खेलमा धनगढीले टस जितेर ब्याटिङ गरी निर्धारित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो । एक सय ८२ रनको विजय लक्ष्य पछ्याएको काठमाडौँले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ६० रनमा समेटियो ।

धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए । धमलाले ६३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे । मुस्तफाले ४२ बल खेल्दै चार छक्का र चार चौका हाने । सोमपाल कामीले अविजित रहँदै आठ रन बनाए । बलिङतर्फ काठमाडौँका लागि सुबोथ भाटीले दुई तथा सन्नी पटेलले एक विकेट लिए । 

ब्याटिङतर्फ काठमाडौँ गोल्डेन्सका लागि अमित श्रेष्ठले ५८ रन बनाए । उनले ३९ बलमा तीन छक्का र सात चौका प्रहार गरे । यस्तै ज्ञानेन्द्र मल्लले ३०, सन्नी पटेल २२, नरेश बुढाऐरले १९ तथा पुष्प थापाले १५ रन बनाए । बलिङतर्फ धनगढीका लागि ललितसिंह भण्डारीले तीन, रोहन मुस्तफाले दुई तथा सम्साद शेख र योगेन्द्रसिंह कार्कीले एक/एक विकेट लिए । जितसँगै धनगढीले रु २५ लाख प्राप्त ग¥यो भने उपविजेता काठमाडौँले १५ लाख प्राप्त ग¥यो ।

प्रतिक्रिया