अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

नेपालले फेरि लर्डस्‌मा खेल्ने

बिआरटीनेपाल २०७४ चैत २० गते १९:१० मा प्रकाशित

काठमाडौँ — विश्व क्रिकेटमा फरक पहिचान बनाएको लर्डस् क्रिकेट मैदानमा नेपालले फेरि खेल्ने भएको छ ।जुलाईको अन्तमा नेपालले लर्डस्‌मा गई नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग खेल्ने भएको हो। विश्व प्रसिद्ध लर्डस् मैदान एमसीसीको स्वामित्वमा रहेको छ।जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र एमसीसीबीच लर्डसमा त्रिकोणात्मक ट्वान्टी–२० शृङ्खला हुन लागेको हो।

पहिलो खेल लन्डनमा स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुनेछ भने तेस्रो खेल दिउँसो साँढे चार बजे हुने एमसीसीले जनाएको छ।जिम्बावेमा हालै सम्पन्न विश्वकप छनोटबाट नेपालले वानडे अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। नेदरल्यान्ड्सले नेपालसँगैं विश्व क्रिकेट लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गरी प्रतियोगिता जित्दै नोभेम्बरमा वान डे मान्यता प्राप्त राष्ट्र बनेको थियो। 

२०१६ को जुलाईमा नेपालले लर्डस्मा गएर एमसीसीसँग खेलेको थियो। लर्डसमा एसोसिएट राष्ट्रको त्यो पहिलो खेल थियो।गत वर्ष यही परम्परालाई निरन्तरता दिदैं एमसीसीले अफगानिस्तानलाई एसोसिएट राष्ट्रकै रूपमा लर्डसमा बोलाएर खेलेको थियो।

प्रतिक्रिया