अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

फेसबुक असुरक्षित, जुकरबर्गले सूचना चुहिएको स्वीकारे

बिआरटी नेपाल सम्बादाता, न्युयोर्क । २०७४ चैत ९ गते २३:२४ मा प्रकाशित

यस्तो भएकोमा म साँच्चिकै दुःखी छु, फेसबुकका प्रमुख कार्यकारी निर्देशक मार्क जुकरबर्गले सिएनएनकी लाउरी सिगललाई दिएको विशेष अन्तर्वार्तामा भनेका छन् ।

भएको के थियो भने यो साता क्याम्ब्रिज एनलाइटिका भन्ने कम्पनीले सन् २०१६ को राष्ट्रपतिय चुनावी अभियानमा ५ करोड फेसबुक प्रयोगकर्ताको सूचना उनीहरूको जानकारी बेगर लिएको थियो । उक्त कम्पनी र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सम्बन्ध छ । फेसबुकले उक्त कम्पनीलाई ती सूचना नष्ट गर्न भनेपनि नगरेको हुनसक्छ ।

यो स्वीकारोक्तिसँगै फेसबुक प्रयोगकर्ताको सूचनाको गोपनीयता शङ्काको घेरामा परेको छ । जुकरबर्गले फेसबुकले गरेको उक्त गल्ती सार्वजनिक रूपमा पोस्ट गरेका थिए । उनले गल्ती स्वीकार्दै फेसबुक प्रयोगकर्ताको सूचना कसरी सुरक्षित राख्ने भन्ने नीति सार्वजनिक गरेका थिए ।

‘मैले यो कदम पहिला नै चालेको भए हुन्थ्यो,’ उनले सिगलसँग भनेका छन्, ‘त्यसो गर्न नसक्नु शायद फेसबुकको सबैभन्दा ठुलो गल्ती हो ।’ फेसबुकले सन् २०१४ मा तेस्रो पक्षले प्राप्त गर्न सक्ने फेसबुक प्रयोगकर्ताको सूचनामा सीमा लगाएको थियो । सूचना वैज्ञानिक एलेक्जेन्डर कोगनले बनाएको फेसबुक ए्यापमार्फत एससिएल ग्रुप र त्यस अन्तर्गतको क्याम्ब्रिज एनलाइटिकाले सन् २०१३ मा फेसबुक प्रयोगकर्ताको सूचना लिइएको थियो । ती सूचना प्राप्त गर्दा कोगले फेसबुकको नीति उल्लङ्घन गरेका थिए । फेसबुकले भनेपछि कम्याम्ब्रिज एनलाइटिकाले सूचना नष्ट गरेको जनाएको थियो । क्याम्ब्रिज एनलाइटिकाले सूचना नष्ट गरेको दाबी गरेको थियो ।

‘स्पष्ट रूपमा गल्ती भएको हो,’ जकरबर्गले भनेका छन् । भिडियो: