अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 14:31

न्यु योर्कमा काठमाडौँ इन्टरनेशनल फिल्म फेस्टिवल (किम्फ) सम्पन्न

बिआरटी नेपाल सम्बादाता, न्युयोर्क । २०७५ असार १८ गते १९:३६ मा प्रकाशित

काठमाडौँ इन्टरनेशनल फिल्म फेस्टिवल (किम्फ) शनिवार न्यु योर्कमा भएको छ । किम्फमा चिल्ड्रेन अफ स्नोल्याण्ड र तेम्बा रिटर्न्स टु गोली डकुमेन्ट्री तथा झ्यलो र जलगेडी फिक्सनमा आधारित फिल्म देखाइएको थियो ।

किम्फ काठमाडौँमा हिमाल एसोसिएसनले गर्दै आएको छ । न्यु योर्कमा एभरेस्ट टाइम्ससँगको सहकार्यमा ४ वर्ष यता किम्फ आयोजना हुँदै आएको छ । ‘हिमाल एसोसिएसनले किम्फमा उत्कृष्ट ठहर गरिएका फिल्मको झल्कोसहित न्यु योर्क पठाउँछ,’ एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङ छिरिङ शेर्पाले भने, ‘त्यसमध्येबाट छानेर केही उत्कृष्ट फिल्ममात्र यहाँ प्रदर्शन गछौं ।’ उनका अनुसार यसपालि ३२ वटा फिल्म पठाइएको थियो । त्यसमध्ये ४ वटा यहाँ प्रदर्शन गरिएको हो ।

सन् २००० देखि काठमाडौँमा किम्फ सुरु भएको हो । सन् २००६ सम्म हरेक २ वर्षमा आयोजना गरिँदै आएको किम्फ सन् २००७ देखि हरेक वर्ष आयोजना गरिन्छ । किम्फमा हिमालसँग सम्बन्धित फिल्म र डकुमेन्ट्रीलाई प्रतिस्पर्धा गराइन्छ ।

किम्फमा टिकट बिक्रीबाट उठेको पैसा नेपालको दुर्गम क्षेत्रका स्रोत साधन अभाव रहेको एउटा स्कुललाई सहयोग स्वरूप प्रदान गरिन्छ । यसपालि उठेको पैसा रामेछापको एउटा स्कुललाई दिने तय भएको छ । त्यसका लागि स्कुल छान्न

नेपालमा राम्राको लिस्ट पठाउँछ । ३२ वटा फिल्म पठाएको ४ वटा हामीले छान्ने काम अघि बढाइने छ । छानिएको स्कुललाई सम्बन्धित जिल्ला विकास समिति र गाउँपालिकाले पनि सिफारिस गर्नु पर्नेछ ।

यसअघि सोलुखुम्बुको स्कुल सेर्गाभागम प्रावि र ताँगेस्थान मावि र सिन्धुपाल्चोकको जम्बियाड प्राविले सहयोग पाएका थिए । अमेरिकामा किम्फ आयोजना गरिएको यो चौथो पटक हो । नेपालमा भने किम्फमा फिल्म र डकुमेन्ट्री प्रतिस्पर्धा गराइन्छ र उत्कृष्टलाई पुरस्कृत गरिन्छ ।

एभरेष्ट टाइम्सका सम्पादक एनपी पर्देशीले समुदायका अगुवा आएर यस पटक यो जिल्लाको विद्यालयलाई सहयोग गर्नु पर्छ भनेर प्रस्ताव गर्छन् । त्यस्तो प्रस्तावका आधारमा नेपालको कुन जिल्लाको विद्यालयलाई सहयोग गर्ने भन्ने तय हुन्छ । यस पटक तामाङ समुदायका अगुवा भरत मोक्तानले सिन्धुपाल्चोकको विद्यालयलाई सहयोग गर्न प्रस्ताव गरेका थिए । उनले किम्फको टिकट बिक्री लगायतका विषयमा आयोजकलाई सहयोग समेत गरेका थिए । यसअघि सिन्धु सोसाइटी र ह्योल्मो सोसाइटीले प्रस्तावका आधारमा सहयोग गरिएको थियो ।