अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

राजदूत डा. कार्कीले वासिङ्टन डिसीमा अन्तर्राष्ट्रिय पुरस्कार दिने

खेम भट्टचन, वासिङ्टन डिसी २०७४ पुष १८ गते ८:०९ मा प्रकाशित

अमेरिकाका लागी नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले राजधानी वासिङ्टन डिसीमा अन्तर्राष्ट्रिय भाषा साहित्य पुरस्कार वितरण गर्ने भएका छन् । ५ वटा अन्तर्राष्ट्रिय पुरुष्कार सहित नेपाली भाषा साहित्यका कुल जम्मा १९ वटा पुरस्कारहरु राजदूत डा. कार्कीले यही २०१८ जनवरी ६ तारिखका दिन वितरण गर्ने भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्थापना गरेको यी पुरस्कारहरु मध्ये सबैभन्दा ठुलो रकम पन्ध्र सय डलरको पुरस्कार साहित्यकार कृष्ण धराबासीले जितेका छन् । अमेरिकाको विभिन्न राज्यहरू भर्जिनिया, म्यारिल्याण्ड, वासिङ्टन डिसी, नर्थ क्यारोलिना, पेन्सिल्भानिया, न्युजर्सी, न्यु योर्क, कनेक्टीकट, मासाच्युट्स, न्युह्याम्प्सायेर, कोलोराडो, टेक्सस, क्यालिफोर्निया , क्यानडा, नेपाल र जापान देखी नेपाली साहित्यकारहरु पुरस्कार ग्रहण गर्न अमेरिकाको राजधानी वासिङ्टन डिसी जम्मा हुने कुरा आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले बिआरटीनेपाललाई बताए ।

पुरस्कार वितरण समारोह हुने स्थान :
Best Western Hotel
Address: 10820 Balls Ford Rd, Manassas, VA 20109
Phone: (703) 361-8000 (Hotel)
Date: January 6th, 2018, Saturday

प्रतिक्रिया