अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि शैलेशलाई

बिआरटीनेपाल २०७४ कार्तिक ३ गते २२:३८ मा प्रकाशित

नवलपरासीमा जारी अन्तर्राष्ट्रिय कुस्ती (दंगल) प्रतियोगिताको उपाधि भारतका शैलेश पहलवानले हासिल गरेका छन् ।

नवलपरासीको प्रतापुर गाउँपालिका वडा नं ७ गुठी सूर्यपुरामा शुक्रवार आयोजित विराट दंगल प्रतियोगिता शैलेश सो उपाधि जित्न सफल भएका हुन् । प्रथम उपाधिका लागि भारत, गोरखपुरका शैलेश र भारतकै महराजगञ्जका बल्ले पहलवानबीच प्रतिस्पर्धा भएको थियो । शैलेशले रु पाँच हजारसहित पदक र द्वितीय हुने बल्लेले रु तीन हजार र पदक प्राप्त गरेका छन् ।

लक्ष्मी पूजा समिति गुठी सूर्यपुराको आयोजनामा भएको प्रतियोगितामा विजयी कुस्तीबाजलाई निवर्तमान सांसद देवकरणप्रसाद कलवारले पुरस्कार प्रदान गर्नुभएको थियो । उक्त प्रतियोगितामा २० पहलवानले प्रतिस्पर्धा गरेका गरेका थिए । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू