अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२९ | Colorodo: 23:44

यु आर लक्की, यु आर बर्न इन नेपाल-आचार्य प्रभा

बिआरटीनेपाल २०७४ वैशाख २ गते ७:४५ मा प्रकाशित

लघुकथा

झोंसेको फ्रिक स्ट्रीटको गल्लिमा नेवार भनिने एकहुल केटाहरू र राई, लिम्बु कहलिने एकहुल केटाहरुको ग्यांगफाइेट भइेरहेथ्यो । बाहुन र छेत्रीहरु होस्टेमा हैंसे गरेर यता र उति हुँदै दोचारे अभिनय गरेर लड्नलाई अझ सुराइे रहेकाथिए । उनीहरूको झगडाको मूल बीउ थियो । काठ्माण्डौले नेवारजाती र पुर्वेली ठिटाहरुबिचको अभिमानको घच्चाघम्सी ।

नेवारहरुको अभिमान काठमाडौँ भ्याली आफ्नै बाबुको बिर्ता झैँ र पुर्बेली केटाहरुको आडम्बर पुर्बेलीको बलको तुजुकसँग कसले जुध्न सक्छ ? बस झगडाको निहुँ यति नै थियो । लडाइमा खुकुरी, रड, छुरिहरु प्रयोग गरिनलाई दुवैतर्फबाट प्रयत्न भइेरहेको थियो । मान्छेहरू भागा रे भाग थिए। टुरिस्टहरुपनी यताउती हिँडिरहेका थिए ।

यत्तिकै बिचमा सिकिस्त बिरामी भएको एउटा गाडी मान्छेहरूको भिंड पन्साउँदै आयो । ती केटाहरुपनी तितरबितर भइेरहेका थिए । यत्तिकैमा गाडीबाट एउटा मान्छे निस्कियो र करायो “ए…,दिवस तिमी यहाँ के गर्दैछौ ? तिम्रा बुवा अचानक पसलमा बेहोस् भएर लड्नु भएछ । उ वहाँले (खैरेलाई देखाउँदै )पो पसलमा जाँदा देख्नु भएछ र मलाई इसारा गरेर बोलाउनु भो अनि हामी दुई भएर हस्पिटल लैजाँदै गरेको । धन्न कहाँबाट यो अम्रिकनेले देखेछ,धन्न तिम्रो बाउलाई।हामीले यो अवस्थामा भेटयौं नत्र तिम्रो बाउको के हालत हुन्थ्यो? हिँड हस्पिटल बुवालाई लिएर ।”

उक्त मान्छेको कुरा सुनेर दिवस अक्क न बक्क पर्‍यो र सम्झयो। “म उसैको छोरालाई पुर्बेली भनेर मार्नलाई हौसी रहेको थिएँ । आज उसैको बुवा र यो कहाँको अमेरिकनले मेरो बुवालाई बचाउँन यस्तो प्रयास गरेछ । थुक्क हाम्रो बुद्धि । परेकोबेलामा कहाँ कहाँको मान्छे काम लाग्छ भने हामी त एउटै देश नेपालको हो । को पुर्बेली ? को काठमाण्डौली ?”

मन्मनै यस्तै सोंच्दै दिवसले हत्तपत्त आफ्नो चोट लागेको ठाउँहरू पुछ्दै गाडीमा चढ्यो । यसो बुवालाई हेर्‍यो बुवा बेहोस् अवस्थामा आफूले दुस्मन ठानेको साथी रमेश राईको बुवाको काखलाई सिरानी बनाएर लडिरहेको थियो । उक्त अपरिचित अमेरिकनले टाउकामा मुसारिरहेको थ्यो । दिवस परसम्म तितरबितर भएका आफ्ना साथीहरूलाई हेरिरहेथ्यो ।

अमेरिकनले जानिनजानी भनिरहेको थ्यो । “टीमी नेपालीहरू धेरै लक्की छौ । एकअर्कालाई माया गर्छौ,सहयोग गर्छौ,हाम्रो देशमा त आफ्नै दाजु भाइ, छोराछोरीले पनि हेर्डैन। “यु आर लक्की, यु आर बर्न इन नेपाल । ”

अमेरिकनको उक्त कुराले दिवस शरमले पानी पानी हुँदै हस्पिटलतिर उनिहरुसँगै लाग्यो ।

प्रतिक्रिया