अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०० | Colorodo: 01:15

गजल

मणि भट्टराई २०७३ फागुन २० गते २०:३७ मा प्रकाशित

कहाँ पुग्छ कहाँ पुग्छ मान्छे बाँच्ने रहरमा
हराएको छैन अझै, छँदै छु म सहरमा

जता जता हिँडे पनि,जति माथि पुगे पनि
झुकेको छु निरन्तर तिम्रो प्रेमको कदरमा

इच्छा अझै मर्‍या छैन, पातहरू झरिसके
फुल्दै छ कि फुल अझै, गुलावी त्यो अधरमा

यता पनि सन्चो छैन,बिसन्चो नै होला त्यता
तर पनि रुनु हुन्न पराएको नजरमा

कहाँ लैजाऊँ कता राखूँ, सपनाको जिन्दगी यो
रोप्नु हुन्न आशा भन्छन् निराशाको बगरमा