अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१ | Colorodo: 15:06

कोलोराडोको भलिबल प्रतियोगितामा अरोरा युथ टिम विजयी (फोटो फिचर)

बिआरटीनेपाल २०७४ भदौ २० गते २०:५५ मा प्रकाशित

लेबर-डे को अवसर पारेर शेर्पा रेस्टुरेन्ट तथा शेर्पा चियाले यो पल्ट पनि भलिबल प्रतियोगिताको आयोजना गरेको छ । बोल्डर स्थित शेर्पा रेस्टुरेन्टले विगत ९ वर्ष देखि सञ्चालन गर्दै आएको यस किसिमको प्रतियोगिताले आपसी भाईचारा र युवा बिच एकता कायम गर्न सफल मानिएको छ । ८ वटा टिम सहभागी रहेको यसपालिको बाजी अरोरा युथ टिमले मारेको थियो भने कडा प्रतिस्पर्धा बिच गोर्खाली टिम उपबिजेता भएको थियो भने गोल्डेन टिमले तेस्रो स्थान हासिल गरेको थियो । 

पहिलो हुने टिमलाई आयोजक पेम्बा शेर्पाले $२०० र प्याक, दोस्रो हुनेलाई $२०० र तेस्रो हुनेलाई $१०० डलर प्रदान गरेका छन् । साथै बेस्ट प्लेयर प्रेम कार्कीलाई प्याक, पन्जा र टि शर्ट प्रदान गरिएको छ । धेरै टिमले सहभागी जनाउदै आइरहेको र भलिबल प्रेमीको पनि राम्रो उपस्थिति हुँदै आएको सहभागिहरुको बताएका थिए भने आज सम्पन्न खेललाई बिआरटी नेपाल डट कमले केहीबेर प्रत्यक्ष प्रसारण गरेको थियो । 

बिजयता अरोरा युथ टिममा रमेश कार्की (क्याप्टन), जित छेत्री, सखन तमाङ, विकास राई, दिनेश राई, प्रेम कार्की, सन्तोष दास संलग्न थिए भने उपबिजयता गोर्खाली टिममा रत्न भण्डारी (क्याप्टेन), अनिल बुढाथोकी, जौ गुरुङ, बिलाश श्रेष्ठ, पेम्बा शेर्पा, धनराज डांगी सहभागी थिए । त्यस्तै तेस्रो स्थानमा रहेको गोल्डेन टिममा दा नुरु शेर्पा (क्याप्टन) राजु भुषाल, लाक्पा शेर्पा, दावा शेर्पा, मिङ्मा तेन्जिङ शेर्पा र निमा शेर्पा सहभागी थिए । 

भलिबल खेलका रेफ्रिहरुमा प्रकाश पौडेल, नेत्र पोखरेल, बिमल पौडेल, गोविन्द असलामी, लायन्समेनहरुमा प्रकाश बस्नेत, गणेश पौडेल, राजु भुसाल, मिलाप शर्मा, कामी शेर्पा, प्रकाश राई आदी थिए । खेलकुद पछि राम्रो भोजनको पनि व्यवस्था गरिएको थियो । 

फोटो: शैलेश पोखरेल, बिआरटी नेपाल डट कम

प्रतिक्रिया