कवि रसिक राजको ‘हुलिया’

रसिक राज

आँखा बन्द थिए 
उ जिउदो थियो वा मुर्दा 
तर डिल भरी टासीएका एक लेस सपना थिए
सपना राता थिए
र ओठ निला

छातीमा खाल्डो परेको थियो,
जमेको थियो रगत जस्तै केही
हेर्दा यस्तो लाग्दै थियो
कसैले संचित आशा र जिउदो मुटु 
एक साथ निचोरेको थियो।

धेरै दिनदेखि बेपत्ता मेरो जिन्दगी 
यसरी बेवारिसे भेटियो उसको पाइतला मुनि।

Published on July 18, 2017 at 7:22 am

Loading...

यसमा तपाइको मत